
आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले विजयी सुरुआत गरेको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ५८ रनले पराजित गरेको हो ।
कुवेत १८.१ ओभरमा सवै विकेट गुमाएर ८३ रन बनायो ।
नेपालको जितमा कप्तान रोहित पौडेल, ललित राजवंशी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए । यस्तै, सोमपाल कामी, नन्दन यादवले एक एक विकेट लिए । रोहितले २ ओभर बलिङ गर्दा ९ रन खर्चिएका थिए । सुरुमा महँगो सावित भएका सन्दीपले तेस्रो ओभर मेडन राख्दै २ विकेट लिए । उनले समग्रमा ४ ओभरमा २२ रन दिए ।
यस्तै राजवंशीले २ विकेट लिए । उनले उनले ४ ओभरमा १७ रन खर्चिएका थिए । कुशल भुर्तेलले १ विकेट लिए । उनले १.१ ओभर बलिङ गर्दा ६ रन दिएका थिए । कुवेतका लागि किलिन्टो एन्टोले २३ बलमा २६ रन बनाउँदा २ छक्का प्रहार गरे ।
यसैगरी यासिन पटेलले २७ बलमा १९ रन बनाउँदा एक्का छक्का प्रहार गरेका थिए । मिट भवसार ११ रन बनाएर आउट भए । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको पारि खेले ।
उनले ५६ बल फेस गर्दा तीन छक्का र तीन चौकाको मद्दतले ६६ रन बनाएका हुन् । ओपनिङ आएका कुशले अन्तिम ओभरको १ बल बाँकी हुँदा बोल्डआउट भएका थिए । यसैगरी दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २०–२० रन प्रहार गरे । पहिलो विकेटको रुपमा आशिफ शेख ७ बलमा २ रन जोडेर आउट भएका थिए ।
त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेलले १५ बलमा १६ रन बनाएर आउट भएका थिए । उनले ३ चौका प्रहार गरे । यस्तै कुशल मल्ल ९ बलमा ४ रन बनाएर आउट हुँदा सन्दीप जोडरा ६ बलमा ५ रन बनाएर आउट भएका थिए ।
दीपेन्द्रसिंह ऐरी १९ बलमा २० रन बनाएर रनआउट भएका थिए । उनले आफ्नो पारिमा १ छक्का प्रहार गरेका थिए । यसैगरी, गुल्सन झाले आक्रामक पारि खेले । उनले ६ बल फेस गर्दा २० रनको पारि खेले । उनले ३ छक्का प्रहार गरेपछि नेपालको स्कोर माथि उक्लिएको थियो । अन्त्यमा सोमपाल कामी र नन्दन यादव क्रमश १ र २ रनमा नटआउट रहे ।कुवेतका नभिनराज राजेन्द्रन र अनुदीप चन्दमाराले समान दुई दुई विकेट लिए ।








Facebook Comments