एनआईसी एशिया बैंकका ग्राहकलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहकले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

यस बैंकका ग्राहकले उक्त हस्पिटलमा ओपीडी, डायग्नोस्टिक्स, शल्यक्रिया, ब्रान्डेड अप्टिकल र नन/ब्रान्डेड अप्टिकल (OPD, Diagnostics, Surgery, Branded optical / Non-Branded optical) सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन्।  

ad

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।