काठमाडौं । एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफूलाई समातेर देखाउन सरकारलाई चुनौंती दिएका छन् ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा बस्नेतले आफु विधिको शासनका लागि जेल जान तयार भएको पनि बताए । उनले सरकारको पहिलो टार्गेट केपी ओली र तेस्रो नम्बरमा आफू रहेको दावी गर्दै हुँदै नभएको मुद्दा सिर्जना गरेर आफूलाई गिरफ्तार गर्ने षड्यन्त्र भएको पनि बताए । 

ad

एक फरक प्रसंगमा उनले एमाले संसद पुनस्र्थाँपना माग लिएर सर्वोच्च अदालत जाने पनि बताए । उनले पार्टीले आधिकारिक ढंगले जाने अथवा कानून व्यवसायीमार्फत जाने भन्नेबारेमा  अन्तिम छलफल गर्ने पनि जानकारी दिए ।