
काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतसँग आज नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ। एक महिलाले दिएको जाहेरीका आधारमा साइबर ब्यूरोले बस्नेतसँग बयान लिएको हो ।
बस्नेत आज बिहान नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटी पुगेका थिए। साइबर ब्यूरोले बस्नेतसँग झण्डै सवा एक घण्टा बयान लिएको थियो ।
हालै काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो। सोही पत्रबमोजिम साइबर ब्युरोले बस्नेतसँग बयान लिएको हो ।









Facebook Comments