
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ।
कार्नीले अप्रिलपछि ओभल अफिसमा दोस्रो पटक पुग्नुभएको हो । अन्य अमेरिकी सहयोगीहरू जस्तो क्यानडाले अझै पनि ट्रम्पको व्यापार युद्धबाट पार पाउनका लागि वाशिङ्टनसँग सम्झौता गरेको छैन।
६० वर्षीय पूर्व केन्द्रीय बैङ्कर एक वर्ष न्दा कम समय अघि राजनीतिमा प्रवेश गर्नुभएको थियो तर अहिले घरेलु रूपमा बढ्दो आलोचनाको सामना गरिरहनुभएको छ । उहाँले आफ्नो व्यापक सङ्कट व्यवस्थापन अनुभवको बारेमा अभियान चलाउनुभएको थियो ।
एक दिनअघि ट्रम्पले कार्नीको भ्रमणबारे सोधिएको प्रश्नमा भन्नुभएको थियो, “मलाई लाग्छ उहाँले करको बारेमा छलफल गर्न चाहनुभएको छ किनकि क्यानाडाबाट धेरै कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सर्दैछन्।”
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै ७९ वर्षीय ट्रम्पले क्यानाडालाई ‘५१ औँ राज्य’ बनाउने धारणा राख्नुभएको थियो भने हालसालै आफ्नो उक्त इच्छा दोहो¥याउनुभएको छ । यो मुद्दाले कार्नीको अघिल्लो भ्रमण अघि तनाव निम्त्याएको थियो।
क्यानाडा सरकारले भनेको छ, “कार्नीको भ्रमणको क्रममा उहाँले द्विपक्षीय सम्बन्ध पुनस्र्थापना गर्न र ‘क्यानाडा र संयुक्त राज्य अमेरिका बीचको नयाँ आर्थिक र सुरक्षा सम्बन्धमा साझा प्राथमिकताहरू’ बारेमा छलफल गर्नुहुनेछ।”
बेलायत र युरोपेली सङ्घजस्ता अमेरिकाका अन्य सहयोगीहरू जस्तो क्यानडाले आफ्नो उत्तर अमेरिकी छिमेकीसँग विस्तृत व्यापार सम्झौताका लागि सम्झौता गरेको छैन।
संयुक्त राज्य अमेरिका क्यानाडाको मुख्य आर्थिक साझेदार हो, क्यानाडाको निर्यातको ७५ प्रतिशत यसको दक्षिणी सीमामा बेचिन्छ। दोस्रो त्रैमासिकमा क्यानडाको कुल गार्हस्थ्य उत्पादन १.५ प्रतिशतले घटेको छ ।
ट्रम्पले यसअघि नै काठ, आल्मुनियम, स्टिल र सवारी साधनमा कर लगाइसक्नुभएको छ । सोमबार उहाँले नोभेम्बर १ देखि सुरु हुने गरी ठूला ट्रकमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गर्नुभएको छ।









Facebook Comments