
नेपाली कांग्रेसका दुई निवर्तमान सांसदले सांसद पदको सुविधास्वरूप प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद प्रतिमा गौतम र सपना राजभण्डारीले मंगलबार संघीय संसद सचिवालयमार्फत राहदानी विभागमा उक्त पासपोर्ट बुझाएका हुन्।
प्रतिमा गौतम र सपना राजभण्डारी पूर्व प्रतिनिधिसभा सदस्य हुन्, जसलाई नेपाली कांग्रेसले २०७९ को आम निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा मनोनीत गरेको थियो।
संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामा कार्यरत उपसचिव राजु रिमालमार्फत उनीहरूले रातो पासपोर्ट फिर्ता गरेका थिए।
'सांसदको हैसियतले सुविधाको रूपमा प्राप्त भएको रातो पासपोर्ट आज संसद सचिवालयमार्फत राहदानी विभागमा बुझाएर आफ्नो दायित्व पूरा गरेका छौँ।' निर्वतमान सांसद् गौतमले भनिन् ।









Facebook Comments