जेनजीको आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जसरी पनि हटाएरै छोड्ने रणनीतिमा महामन्त्रीद्वय महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइराला लागेका छन् ।

नेतृत्वकै असफलताले पार्टीले बदनामी बेहोरेको, युवाहरू टाढिएको भन्दै उनीहरूले मंसिरभित्रै देउवालाई हटाउने रणनीति बनाएका छन् । यसका लागि ४० प्रतिशत महाधिवेशनका प्रतिनिधिको हस्ताक्षर जुटाएर विशेष महाधिवेशनमा जाने उनीहरूले तयारी गरेका छन् ।

ad

महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समिति आफैंले विशेष महाधिवेशनको घोषणा नगरे ४० प्रतिशतले माग गर्ने प्रस्ट्याएका छन् । शर्माले भनेका छन्, ‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्रै गरिदिनु न । साथीहरूले बैठक बस्नु एक दिनअघि असोज २५ गते विशेष महाधिवेशन माग गरेर केन्द्रीय कार्यालयमा पेस गर्न चाहन्छौं । सँगसँगै उभिन चाहनुभएको छ भने साइत के को लागि हेर्दै हुनुहुन्छ ?’

हस्ताक्षर अभियानमा लागेका युवा नेता गुरुराज घिमिरेले ह्वाटस्एपमार्फत अगाडि बढाइएको अभियानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको दाबी गरे ।घिमिरेले भने, ‘हाम्रो सूचना अनुसार ४० प्रतिशतले हस्ताक्षर गरिसक्नुभएको छ । तर, हामी ५१ प्रतिशत महाधिवेशन प्रतिनिधि पुर्‍याएर विशेष महाधिवेशन माग गर्छौं ।’