
काठमाडौं । नेपाली कांग्रेसका दुईजना निवर्तमान प्रतिनिधिसभा सदस्यहरूले सांसदको हैसियतले प्राप्त गरेका कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।
निवर्तमान सांसदद्वय प्रतिमा गौतम र सपना राजभण्डारीले आफूसँग रहेको रातो पासपोर्ट फिर्ता गरेका हुन्।
मंगलबार संघीय संसद् सचिवालयमार्फत सांसदको हैसियतमा प्राप्त भएको रातो पासपोर्ट उनीहरूले राहदानी विभागमा बुझाएका छन्।
जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको छ। प्रतिनिधिसभा विघटन भएपछि अहिले सांसदहरूले आफूले पाउँदै आएका सेवा सुविधा फिर्ता गरिरहेका छन्।









Facebook Comments