
काठमाडौं । एमालेका २ केन्द्रीय सदस्यसहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)मा आवद्ध रहेका २८ जना युवाले जेन जी आन्दोलनको रापतापले पार्टी राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज होस् भन्ने चाहेको र यो मर्म र भावनालाई आत्मसात गर्दै पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना, अरविन्द सिंहसहितका अभिजित अधिकारी, अशेष घिमिरे, करुणा पराजुली, जटिल कार्की, जेबि विश्वकर्मा, नवीन तिवारी लगायतका युवा नेताहरुले आज जारी गरेको सामूहिक विज्ञप्तिमा यो भावना नसुने, नबुझे परिणाम अझ बढी घातक हुने चेतावनी समेत दिएका छन् ।
लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाईरहेका मुख्य पात्रहरुलाई बिदा नगरिकन दलहरुको पुनर्गठन हुन नसक्ने ठहर समेत विज्ञप्तिमा गरिएको छ ।
त्यसैले आआफ्ना दलहरुलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाई नगर्न सबै राजनीतिक दलका दोश्रो–तेश्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरुलाई हामी आह्वान गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।









Facebook Comments