काठमाडौं । सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक पन्छाउने काम सकिएसँगै सोमबार साँझ ६ बजेबाट मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ ।

सोमबार मध्याह्नतिर चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकै पहिरो खसेको थियो । झन्डै ६ घण्टाको प्रयासपछि पहिरो पन्छाउने काम सकिएको हो ।

ad

पहिरोका कारण सडक अवरुद्ध भएपछि हजारौँ यात्रु मर्कामा परेका थिए । अहिले सडक दुईतर्फी सञ्चालनमा आएको हो ।