
काठमाडौं । जेनजीका केही युवा प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारीका प्रतिनिधिसँग वार्ता गरी आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले सो वार्ता टोली गठन गरिएको जानकारी गराएको हो ।
वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दीपकजंग अधिकारी र अभिषेक श्रेष्ठ रहेको जनाइएको छ ।
अब थप ३ जना भने सहिद र घाइते परिवारबाट प्रतिनिधित्व गराउने वार्ता टोलीका सदस्य प्रवेश दाहालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनीहरूले आफूहरुको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी मुलुकलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्नेलगायतको आफूहरूको माग रहेको पनि बताएका छन् ।









Facebook Comments