खुलेको हिमाल, खुलेकी प्रिया
खुला छ मेरो दिल
हाँसेर रम्छु आफ्नै सीमामा
सुरक्षित रहोस् डिल
 
माटोको छोरो, हुर्केको माटो
माटोमै रमाउँछ
कहाँ नै पाउने ? अन्त यो हावा
महकी रहेछ
 
दसैँको बेला, श्यामल धरती
आकाशको चंगाझैँ
उडेको मन, खुसीको आकाश
उन्मुक्त लहरझैँ
 
कसले पो रोक्ने यो मेरो मनमा
चलेको हुरीलाई
आफैँले गम्ने आफैँले बुन्ने यो स्वप्न संसारलाई
 
बेसुरमै उक्लेँ बेसुरमै झरेँ उकाली ओराली
बाढीको नदी खै किनार कहाँ ?
हतारो यसपालि
 
देखिन यहाँ माथबरी मान्छे न कोही अजम्बर?
सपना बेचेर निहाल भएका खतरा अजिंगर
 
यो मात्र मेरो दुखेसो आज कसलाई कहुँ म
फेदीमा बसेर हेरिरहेछु डाँडा यो काहूँ म ।

ad