
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक आइतबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो।
गत भाद्र २४ गते जेनजी आन्दोलनको बहानामा कांग्रेस कार्यालयमा आगजनी भएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका रहनेछ।
जेनजी आन्दोलनपछि कांग्रेसले पहिलोपटक बैठक बोलाएको हो। बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित हुने/नहुने अन्योल छ।









Facebook Comments