
काठमाडौं । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङले आफूलाई शून्य अंक दिने विद्युत् विकास विभागका महानिर्देशकको जिम्मेवारी खोसेका छन् ।
शुक्रबार मन्त्रिस्तरीय निर्णय गरी उनले हालका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका हुन् । उनको ठाउँमा मनदेवी श्रेष्ठलाई ल्याइएको छ ।
मनदेवी यसै विभागकी उपमहानिर्देशक हुन्। मनदेवी जलविद्युत् इन्जिनियर हुन्।
वरिष्ठता र प्राथमिकताका आधारमा निर्णय गरिएको कुलमाननिकट स्रोतको दाबी छ ।
ऊर्जा आयोगमा सरुवा भएका जीवछले यसअघि कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन तत्कालीन मन्त्री दीपक खड्कालाई सहयोग गरेका थिए।









Facebook Comments