
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला गतिविधिहरू अराजनीतिक, प्रतिशोधपूर्ण र सामाजिक सद्भावविरोधी भएको बताएका छन् ।
प्रेस चौतारी नेपालका पदाधिकारीहरूसँगको छलफलमा ओलीले आफूले समाजमा शान्ति–सुव्यवस्था कायम गर्न हिंसाको वकालत गर्ने शक्तिहरूलाई राष्ट्रिय एकताको मूलधारमा ल्याएको बताए ।
देशलाइ द्वन्द्वबाट जोगाउनु पनि आफ्नो अपराध भएको उनले दाबी गरे। आफूमाथि भ्रष्टाचार नगरेकाले नियोजित प्रहार भइरहेको दाबी गर्दै उनले भ्रष्टाचार नगर्नु नै आफ्नो ‘अपराध’ ठहरिएको टिप्पणी गरे ।
उनले सामाजिक सञ्जालमा देखिएको घृणा, र जेन–जीको नाममा भइरहेको आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै सत्यको पक्षमा दृढ उभिन पत्रकारहरूलाई आग्रह गरे ।
ओलीले शान्ति, कानुनी शासन र राष्ट्रिय एकताका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।









Facebook Comments