काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उनकी माता शारदादेवी लेखकको आज उपचारका क्रममा काठमाडौंका ह्याम्स अस्पतालमा निधन भएको हो ।
 
८९ वर्षीया लेखक लामो समयदेखि दमको समस्याबाट प्रभावित थिइन् । उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको लेखकको पारिवारिक स्रोतले जनाएको छ । उनका चार छोरी र एक छोरा छन् । 

ad