
संयुक्त अरब इमिरेट्स (युएई)ले पर्यटक (भिजिट) भिसामा आएकाहरुलाई तोकिएकै समयभित्र फिर्ता हुन आग्रह गरेको छ । पछिल्लो समय युएई (दुबई)मा पर्यटक भिसामा जानेको संख्या बढ्न थालेपछि कडाई गरेको हो । अहिले युएईले नेपालीका लागि पर्यटक तथा रोजगारी भिसा आवेदन रोकिएको छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण भिसामा कडाई गर्न थालेको युएईले हालै म्यानमारका नागरिकसँग नेपाली पासपोर्ट भेटिएपछि थप आक्रामक रणनीति बनाएको हो । एनआरएनएका एक अभियन्ताका अनुसार विभिन्न कारणले गर्दा युएले अहिले नेपालीहरुलाई भिसामा कडाई गर्न थालेको हो ।
आवासीय भिसा पाइसकेकाहरुलाई कुनै समस्या नभए पनि पहिलो पटक कामदार भिसामा जानेहरुलाई प्रहरी रिपोर्ट अनिवार्य गरिएको छ । यसैगरी युएई सरकारले भिजिट भिसाको अवधिबाँकी हुँदै स्वदेश फिर्ता हुन आग्रह गर्दै अन्यता कारबाही गर्ने प्रष्ट पारेको हो ।
पछिल्लो समय केहीले भिजिट भिसालाई कामदार भिसामा परिवर्तन गराइदिन्छु भन्दै केही एजेन्टहरु सक्रिय भएको भन्दै त्यस्ताको पछि नलाग्न पनि एनआरएन अभियन्ताहरुले बताएका छन् ।








Facebook Comments