काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पेस गरेका छन् ।

आजदेखि काठमाडौंको प्रज्ञा भवनमा शुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले सो प्रस्ताव पेस गरेका हुन् ।  उनले वर्तमान केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका छन् ।  यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो।

ad

अध्यक्ष प्रचण्ड द्वारा राजनीतिक प्रतिवेदन , प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुने माओवादी नेताहरुले बताएका छन्।