
काठमाडौं । नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट हिजो मात्र राजीनामा दिएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्ट नेताहरुको सम्पत्ति छानविन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्ने बताएका छन् ।
आज पत्रकार सम्मेलन गरि उनले भ्रष्ट नेताहरुको सम्पूर्ण सम्पत्ति छानविन नगरी भ्रष्टाचार अन्त्य हुन नसक्ने बताए । उनले पुराना थोत्रा दलका नेताहरु सच्चिने कुनै सम्भावना नरहेको दावी समेत गरे ।
उनले कांग्रेस, एमाले, माओवादी सच्चिने कुनै सम्भावना नरहेको भन्दै त्यसभित्रका दोस्रो र तेस्रो पुस्ताले विद्रोह गरेर नयाँ वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्ने प्रष्ट पारे ।
उनले भ्रष्ट नेताहरु फेरि सल्बलाउन थालेको भन्दै ती शक्तिलाई बेलैमा चिन्नुपर्ने पनि बताए । उनले विद्रोहका बेला दुलाभित्र लुकेर बसेका पुराना भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्किएर सलबलाएकोप्रति सचेत रहन पनि आग्रह गरे ।









Facebook Comments