
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्री कार्कीले देशवासीलाई सम्बोधन गर्नेछिन् ।
यो सम्बोधनमा उनले पछिल्लो समय देशमा देखिएका विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक मुद्दाहरूमा सरकारको धारणा र आगामी योजनाहरूबारे जानकारी दिने अपेक्षा गरिएको छ ।
साथै, समसामयिक विषयहरूमा सरकारले लिएका कदमहरू र नागरिकका सरोकारलाई सम्बोधन गर्ने विषयमा पनि उनले कुरा राख्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्रीको सम्बोधन साँझ ६ बजे विभिन्न टेलिभिजन च्यानलहरू, रेडियोहरू र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण हुने बताइएको छ









Facebook Comments