काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा रोक लगाउन माग गरेको छ।

मंगलबार र बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले छानबिन प्रतिवेदन नआउँदासम्म तिनै मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउनु पर्ने माग गरेको हो ।

ad

प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने।'

बैठकले २०४६ सालदेखि उच्च पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने र जेनजी आन्दोलनका क्रममा नेताका घरमा भेटिएका अवैध नगद तथा सम्पत्तिको सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ।