
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको सरुवा भएको छ । बुधबार गृहमन्त्रीस्तरीय बैठकले उनलाई मन्त्रालयमा तान्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले रिजाललाई मन्त्रालयमा तानिएको पुष्टि गर्दै उनको ठाउँमा ईश्वरराज पौडेललाई पठाइएको जानकारी दिए।
भदौ २३ गते जेनजी प्रदर्शनकारीलाई गोली हान्न आदेश दिएको आरोप लागेका रिजाल हालसम्म सेनाकै घेरामा रहेको बताइन्छ ।
उनको चौतर्फी आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले वेबसाइटबाट फोटो नै हटाएको थियो ।









Facebook Comments