काठमाडौं । भारतको लद्दाखमा राज्यको माग गर्दै भइरहेको आन्दोलन बुधबार हिंसात्मक बनेपछि कम्तीमा ४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीले प्रहरीको गाडीमाथि ढुंगामुढा तथा आगजनी गरेपछि झडपको स्थिति बनेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले अश्रुग्यास र लाठीचार्ज गरेका छन्। हिंसा चर्किएपछि लेहमा कर्फ्यू जारी गरिएको छ ।

ad

हालसम्म स्थिति तनावग्रस्त रहेकाले प्रशासनले शान्ति कायम राख्न अपिल गरेको छ ।