
काठमाडौँ । कारागारबाट भागेका कैदीबन्दीलाई प्रशासनले धमाधम कारागार फर्काइरहेको छ । प्रहरीले देशभर भागेका कैदीबन्दीलाई पक्राउ गरिरहेको छ । कतिपय कैदीबन्दीहरु आफैँ फर्केका छन् ।
पछिल्लो २४ घण्टामा ५ सय ४८ जना कैदीबन्दीलाई कारागार फर्काइएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए ।
मंगलबार दिउँसोसम्ममा ७ हजार १८७ जना कैदीबन्दी कारागार फर्केका थिए । बुधवार मध्यान्ह सम्ममा ७ हजार ७३५ जना कैदीबन्दी कारागार तथा बालसुधार गृहमा फिर्ता भएका हुन् ।
जेनजी प्रदर्शनको क्रममा जेल तोडेर १३ हजार ५८५ कैदीबन्दी भागेका थिए । विभागका अनुसार अब ६ हजार ८१३ जना फिर्ता आउन बाँकी छन् ।








Facebook Comments