
काठमाडौं । मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । कांग्रेसको प्रदेश पार्टी कार्यालय, जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले सरकारबाट समर्थन फिर्ता लिई आफ्ना मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता एवं कांग्रेसको प्रदेश सभापति कृष्णप्रसाद यादवले बताए ।
यसअघि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ ।









Facebook Comments