काठमाडौं । मंगलबार साँझ काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार कपिलवस्तु मोतीपुरमा समस्या हुँदा समग्र प्रणाली आउटेज भएको हो । 

ad

अहिले समस्या समाधान भइसकेको प्राधिकरणले जनाएको छ । कुलेखानीको सिस्टम सट डाउन भएको र खिम्ती लामो साँघु प्रसारण लाइन अवरुद्ध भएको कारण पनि सिस्टम उठाउन समस्या भएको निर्देशक सिलवालले बताए ।