काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिएको छ। 

आगोले उनको शरीरको १५ प्रतिशत भाग जलेको छ। देब्रे हात अत्याधिक जलनको कारणले गर्दा कामै नलाग्ने अवस्थामा छ।

ad

धुवाँले श्वासप्रश्वास नलीमा असर गरेकोले उनको छातीमा संक्रमण फैलिएको छ। उनी कीर्तिपुर वर्न अस्पतालमा उपचाररत थिइन् । 

कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले चित्रकारलाई थप उपचारको लागि परिवारले भारत लगेको जानकारी दिइन् । 

अस्पतालमा उपचाररत चित्रकारलाई परिवारको इच्छाअनुसार थप उपचारको लागि सोमबार भारत लगिएको हो ।