काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कान्तिपुर पब्लिकेसनका प्रमुख कैलाश सिरोहियालाई हिम्मत नहार्न हौसला दिएका छन् । 

सञ्चारमन्त्रीको शपथ खाएको भोलिपल्ट खरेल जेनजी आन्दोलनका क्रममा आगजनी भएको कान्तिपुरको कार्यालय अवलोकन गर्न पुगेका हुन् । सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल पनि उनीसँग थिइन् । सञ्चारमन्त्री खरेलले सिरोहियालाई मन्त्रालयको तर्फबाट सबै सहयोग हुने आश्वासन दिए ।

ad

‘हिम्मत नहार्नुहोला, मन्त्रालयको तर्फबाट केही पनि गर्नुपर्‍यो भने मन्त्रालय आउनुस् । सदैव ढोका खुला छ । यहाँहरूलाई लागेको कुरा भन्नुहोला । हामी फेरि उठ्नु छ, उठ्नेछौँ’, खरेलले भने ।

सञ्चारमन्त्रीलाई धन्यवाद दिँदै सिरोहियाले भने– भने, ‘तपाईंहरूको यही सहानुभूति र ऐक्यबद्धताले हामीलाई हौसला मिलेको छ । साँच्चिकै भन्नुपर्दा मभन्दा पनि मेरो टिमलाई स्यालुट छ ।’