काठमाडौं । जेनजीको प्रदर्शनको क्रममा भदौ २४ गते  सुन्धारास्थित कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता एवं निलम्बित सांसद टोपबहादुर रायमाझी आज कारागार फर्किएका छन्।

उनी दुई सातापछि सुन्धारा कारागार फर्किएका हुन्। उनलाई डिल्लीबजार कारागार पठाइएको छ । जेनजी आन्दोलनकै क्रममा नख्खु कारागारबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि केही दिन अगाडि कारागार फर्किसकेका छन् । 

ad