काठमाडौं । जेनजीको आन्दोलनपछि सरकारले गृह प्रशासनमा व्यापक हेरफेर गरिरहेको सन्दर्भमा सरकारले गृहसचिव रहेका गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरेको छ भने गृहसचिवमा रामेश्वर दंगाललाई ल्याएको छ।

दंगाल यसअघि रक्षा सचिव थिए। त्यस्तै अब रक्षा सचिवमा सुमनराज अर्याललाई पठाइएको छ। अर्याल यस अगाडि योजना आयोगमा सदस्य सचिव थिए। सोमबार बसेको मन्त्रीपरिषद् बैठकबाटै सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय भए पनि सरकारले सार्वजनिक भने गरेको थिएन।

ad