काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् । हस्ताक्षर अभियान शुरु भएको पहिलो दिन हिजो मात्र १०९ जना प्रतिनिधिहरुले हस्ताक्षर गरेको बताइएको छ ।

हस्ताक्षर अभियान एकैसाथ ७७ वटै जिल्लामा सुरु भएको एक नेताले जानकारी दिए । यो अभियान गुट निरपेक्ष रहेको र विशेष महाधिवेशन बोलाएर अहिलेको परिस्थितिको बारेमा छलफलको लागि रहेको नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बताए ।

ad

कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्यमध्ये ४० प्रतिशत र महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशतले हस्ताक्षर गरी माग गरेमा सभापतिले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। केही दिन अगाडि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन प्रस्ताव राख्दा सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेताहरूले खुलेर विरोध गरेका थिए ।