काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीको जिम्मेवारी पनि पाएका छन् ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गर्दै केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर भएको हो ।

ad

अर्थमन्त्री रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी पाएका हुन् । यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हालकोमा अब नवनियुक्त मन्त्री अनिल कुमार सिन्हाले उक्त जिम्मवारी सम्हाल्ने भएका हुन् ।

उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमी व्यवस्था सहकरी तथा गरिबी निवारण मन्त्रालयका साथै कानुन मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रीमा महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जगदशी खरेल र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा डा. मदन परियार नियुक्त भएका छन् ।

यस्तै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको मन्त्रीमा कुलमा घिसिङ छन् । मन्त्रिपरिषद् विस्तासँगै अन्तरिम सरकारको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।