
काठमाडौं । नवनियुक्त ४ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शितलनिवासमा आज अपरान्ह आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा.मदन परियारलाई सिफारिस गरेकी थिईन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस गरिएकी डा. संगीता कौशल मिश्राको शपथ भने स्थगित गरिएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थको उपस्थिति थियो ।








Facebook Comments