काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

राष्ट्रपतिले आइतबार थप पाँच मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ । 

ad

अनिल कुमार सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । महावीर पुनलाई शिक्षा, मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ।, 

संगीता कौशल मिश्रालाई स्वास्थ्य र जगदीश खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।