काठमाडौं । नारायणगढ–मुग्लिन सडक राति नौ बजेपछि बन्द हुने भएको छ । 

चितवन जिल्ला सुरक्षा समितिले आइतबार राति नौ बजेदेखि भोलि सोमबार बिहान ५ बजेसम्म नारायणगढ मुग्लिन सडकमा गाडी चल्न रोक लगाएको हो ।

ad

पहिरोको जोखिम रहेको भन्दै सुरक्षा समितिले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

इच्छाकामना गाउँपालिका वडा नं ५ तुइनखोला मुग्लिङ– नारायणगढ सडक खण्ड पहिरोका कारण शुक्रबार साँझदेखि अवरुद्ध थियो । ४५ घण्टापछि आइतबार दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको छ । 

तर उक्त क्षेत्रमा सुख्खा पहिरो जोखिम कायमै रहेकोले मानवीय सुरक्षालाई मध्यनजर गर्दै आज रातको ९:०० बजेदेखि भोलि बिहान ५:०० बजे सम्म सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।