काठमाडौं । मन्त्रिपरिषद् बैठकले एआईजी मनोज केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा सरुवा गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले  यस्तो निर्णय गरेको हो ।

ad

गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा एआईजी मनोजकुमार केसीलाई सरुवा गरिएको छ ।’