काठमाण्डाै । रास्वपाका सभापति रवि लामिछानेसँगै नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीले हत्या गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका–१२ मा रहेको गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया श्रीमती मनिषा तामाङको हत्या गरेका प्रहरीले जनाएको छ ।

ad

जबरजस्ती करणी मुद्दामा जेल चलान भएका सन्तबहादुर गएको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । श्रीमतीको हत्यापछि उनी फरार भएका छन् ।

प्रहरीले मनिषाको शव घर नजिकैको खाल्डोमा गाडिएको अवस्थामा फेला पारेको थियो ।