
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै कमिटी भंग गर्न र आगामी मंसिरमा विशेष महाधिवेशनका लागि प्रस्ताव गरेका छन् ।
जेनजीको आन्दोलनपछि आज पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले उक्त प्रस्ताव अगाडि सारेको माओवादीका एक नेताले जानकारी दिए । उनले
एक साताभित्रै महाधिवेशन आयोजक कमिटी गठन गर्न पनि प्रस्ताव गरेका छन् । जेन–जी आन्दोलनपछि अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्नका लागि पार्टीभित्र तीब्र दबाब छ । पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको राजीनामा समेत मागेका छन् ।









Facebook Comments