
काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूबीच आज पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास क्षेत्रपाटी, चाक्सीबारीमा परिवर्तित राजनीतिक घटनाक्रमका बिषयमा छलफल भएको छ ।
आज मध्यान्ह भएको छलफलमा पूर्वमहामन्त्री सिंह, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत छन्।
सिंहलगायत पूर्वपदाधिकारीहरू लामो समयदेखि छलफल गर्दै आएका छन् । यस अगाडि आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता महतले वर्तमान अवस्थाबारे पार्टीभित्र गम्भीर छलफल र बहस हुने बताएका थिए ।








Facebook Comments