काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज बसेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आज पहिलो पटक भौतिक उपस्थितिमा कार्यसम्पादन समितिको बैठक बसेको हो । 


उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पार्टीका पदाधिकारीसहितका नेताहरू सहभागी छन्। बैठकमा पदाधिकारीहरूले पछिल्लो विकसित घटनाक्रम, जनजीविका र राजनीतिक विषयमा आ–आफ्नो धारणा राखेका छन् ।

ad

बैठकमा जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बुढानीलकण्ठमा आक्रमणबाट घाइते भएका सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन्। भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा घरमै रहेका सभापति देउवा दम्पतीमाथि आक्रमण भएको थियो। हाल देउवा दम्पतीको उपचार भइरहेको छ। कांग्रेसले आजै पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरु सार्वजनिक गर्ने भएको छ ।