
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भनिने दलहरूको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादीले निरन्तर वकालत गरेको उल्लेख गर्दै त्यसको ऐतिहासिकता आज जेनजी विद्रोहले फेरि एकचोटि पुष्टि गरेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष प्रचण्डले भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।
प्रचण्डले घोषित मितिमा नै निर्वाचन गरि जेनजी आन्दोलनको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक ढङ्गले नै खुलोस् भन्ने आफ्नो चाहना रहेको पनि बताउनुभयो ।









Facebook Comments