काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भनेर कुटिएका व्यक्ति एक चिकित्सक भएको पाइएको छ । 

विष्णु पौडेल कुटिएको भन्दै आन्दोलनको दोस्रो दिन एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पौडेलको सचिवालयले भाइरल भिडियोमा कुटिएका व्यक्ति पौडेल नभएको भनेर विज्ञप्ति जारी गरेको थियो । 

ad

कुटिने व्यक्ति एक अस्पतालका सञ्चालक थिए । उनी हुन् ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन । सोही दिन बिहान रगत अभावमा आकस्मिक रक्तदानको आयोजना गरेका उनी आफ्नो अस्पतालमा अप्रेसन नभएपछि अर्को अस्पतालमा घाइते आन्दोलनकारीलाई पुर्याएर फर्कने क्रममा निर्घात कुटिएका हुन् ।  

हाल काठमाडौंमा बस्दै आएका टण्डनले आफ्नो अस्पतालमा भर्ना भएका बिरामीको त्यहाँ अप्रेसन नहुने भएपछि मनमोहन अस्पतालमा पुर्याएर फर्केका थिए । तर ती बिरामी छाडेर फर्केको केही मिनेटमा उनी आन्दोलनकारीको निशानामा परेका हुन् । 

लोकबहादुरको अहिले उपचारपछि घरैमा आराम गरिरहेका छन् । निर्घात कुटिएका कारण उनी बाहिर हिँडडुल गर्न सक्ने अवस्थामा छैनन् । 

जेनजीका नाममा भएको आन्दोलनमा घुसपैठ भएको भन्दै आलोचना भइरहेको छ ।