काठमाडौं। जेन-जी आन्दोलनका क्रममा काठमाडौं प्रहरीबाट व्यापक दमन भएको आरोप लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) परिवर्तन गरिएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयले काठमाडौं परिसर प्रमुख फेरिएको बताएको छ।परिसर प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ। उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी रमेश थापालाई पठाइएको छ।

ad

जेन-जी आन्दोलनका क्रममा हालसम्म देशभरि ७४ जनाको मृत्यु भएको छ। जेन-जी आन्दोलनको पहिलो दिन काठमाडौंमा प्रहरीको गोलीले १९ जनाको मृत्यु भएको थियो।