
काठमाडौं । सरकारले अध्यादेशमार्फत बाधा अडकाउ फुकाएर आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न मिल्ने गरी कानुन ल्याउने तयारी गरेको छ ।
बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन कानुन संशोधन गरेर युवाहरूलाई पनि मतदानको अवसर दिने गरी मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल गरेका हुन्।
गृहमन्त्री अर्यालले निर्वाचनसम्बन्धी कानुनमा देखिएका व्यवधानलाई अध्यादेशबाट संशोधन गरेर सबैलाई मतदानको अवसर प्रदान गर्न खोजिएको बताए। उनले कम्तीमा समानुपातिकतर्फमात्रै भए पनि मतदानको अधिकार सुनिश्चित गराउने गरी काम अघि बढाइने बताए ।
त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विद्यमान कानुनबाट नयाँ मतदाता नामावली संकलन गर्न सक्ने अवस्था नरहेकाले कानुनमा बाधा व्यवधान हटाउन सके अद्यावधिक गर्न सकिने बताए। प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा सरकारले अत्यावश्यक कानुनहरू अध्यादेशमार्फत ल्याउनेछ।









Facebook Comments