
काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले पार्टी छाडेका छन् ।
वरिष्ठ उपाध्यक्ष खानसहित केन्द्रीय प्रवक्ता शरद सिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सिके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी, राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले पार्टी परित्याग गरेका हुन्। उनीहरुले साधारण सदस्यसमेत नरहने गरी जनमत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
जनभावना अनुरूप आत्मआलोचना गरी नेतृत्व परिवर्तनको अल्टिमेटमसहित मागेको राजीनामालाई अपहेलना गरी जेन्जी पुस्ताले बगाएका रगतको अपमान गरिएको भन्दै उनीहरुले सामूहिक रुपमा पार्टी छाडेका हुन् । यस अगाडि उनीहरुले जनमत पार्टीका अध्यक्ष डा. राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका थिए ।




Facebook Comments