
काठमाडौं । सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् ।
उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन् ।
यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए ।









Facebook Comments