
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले पार्टीलाई गल्ती सुधार गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै आजदेखि रास्वपा परित्याग गरेकी छन् ।
उनले भनिन्– ‘पार्टीभित्र आलोचना गर्नेका विरुद्ध मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा पार्टी र पार्टीभन्दा नेतालाई माथि राख्न थालेको हो, त्यही बेलादेखि नै आलोचना गर्दै आएकी हुँ। तर त्यसले कत्ति फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन।’ सुमना थप्छिन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएकी छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। आइ क्विट, मैले पार्टी छोडेँ।’
पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उनको भनाइ छ । उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन् ।
सुमना यसअघि रास्वपाको सह महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । समानुपातिकबाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा रास्वपाको तर्फबाट शिक्षामन्त्री बनेकी थिइन् ।










Facebook Comments