सुशीला कार्की कानुनी पृष्ठभूमिकी कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेसँगै उनी न्याय पालिका र कार्यपालिकाको नेतृत्व गर्ने पनि पहिलो महिला बनेकी छिन् ।

उनी सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश समेत हुन् । कार्कीले प्रधानन्यायाधीश पदमा छँदा निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गरेकी आधारमा युवाहरुको रोजाइमा परेकी हुन् ।

ad

उनले २०७३ साल असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायाधिको भूमिका निर्वाह गरेकी थिइन् । उनको जन्म २००९ जेठ २५ मा मोरङको विराटनगरको शंखपुरमा भएको थियो । बीपी कोइरालाको परिवारसँग नजिकको सम्बन्ध रहेकी सुशीलका पति दुर्गा सुवेदी प्रजातान्त्रिक सेनानी हुन् ।

कार्कीले महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बीए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरिन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी छिन् । उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गरेकी थिइन् ।

२०३५ सालमा वकालत सुरु गरेकी उनले विराटनगरको पुनरावेदन अदालतमा बार अध्यक्षको जिम्मेवारीसमेत सम्हालिन् । २०६१ सालमा वरिष्ठ अधिवक्ता बनेकी कार्की २०६५ सलमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनिन् । २०६७ मा उनी स्थायी न्यायाधीश भइन् ।