काठमाडौं । अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको छ । लगातार भएको छलफलपछि संसद विघटन गरिने सहमति जुटेको हो ।

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्नेछिन् । संसद विघटनलगत्तै आजै उनले शपथ ग्रहण गर्ने सम्भावना छ । उनी नेतृत्वको मन्त्रिपरिषद्‌मा सुरुमा तीन सदस्य हुनेछन् । मन्त्रीहरूको नाम टुंगो लागिसकेको छैन ।

ad

अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा लेखिँदै छ ।