काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यूको अवधि लम्बिएको छ । जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै निषेधाज्ञा र कर्फ्यूको अवधि बढाएको नेपाली सेनाले जनाएको छ ।

नागरिकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै थप निषेधाज्ञा र कर्फ्यू आदेश जारी विज्ञप्तिमार्फत सेनाले जानकारी दिएको छ ।

ad

कर्फ्यूको अवधि बढाए पनि कर्फ्यू लागू हुने समय भने घटाइएको छ । बिहीबार बिहान १० बजेदेखि लागू भएको कर्फ्यू शुक्रबार ११ बजे पुर्‍याइएको छ ।

जारी सूचना अनुसार भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ । त्यस्तै बेलुकी ७ बजेदेखि २८ गते शनिबार बिहान ६ बजेसम्म कर्फ्यू जारी हुनेछ ।

अत्यावश्यक कामका लागि शक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका पाँच बजेदेखि सात बजेसम्मको समय तोकिएको नेपाली सेनाले जनाएको छ।